झापा, ११ कात्तिक । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–९ स्थित बैसबारीको माईखोलाको बीच भागमा फेला परेको पुरुषको शवको पहिचान खुलेको छ । मङ्गलबार साँझ ४ः५० बजे स्थानीय बासिन्दाले शव देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई जानकारी गराएका थिए ।
प्रारम्भिक अवस्था अनुसार मृतकको नाम, थर र वतन तत्काल खुल्न नसके पनि अनुसन्धानको क्रममा मृतक शिवसताक्षी–१० फागुनन्द चोकका ५१ वर्षीय प्रेम लिवाङ रहेको खुलेको छ ।
मृतकको मानसिक सन्तुलन ठीक नभएको र मङ्गलबार बिहान १०ः०० बजे घरबाट आफू खुशी हिँडेको जानकारी मृतककी छोरी बिनिता लिवाङ र भाई कुमार लिवाङले दिएका छन् । उनीहरूले शवको पहिचान गरेका हुन् । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


