झापा, १३ कात्तिक । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट बुधबार प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई पक्राउ गरिएको छ ।
झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–५ का विष्णु राजवंशीलाई आफ्नै घरमा लागू औषधको बिक्री–वितरण गरिरहेको अवस्थामा ट्रामाडोल–८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेटसहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमरेलाई ब्राउनसुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित र इलाका प्रहरी कार्यालय धरानले विभिन्न किसिमका लागुऔषध ३ सय १७ ट्याव्लेट सहित धरान उपमहानगरपालिका–५ का रेहान लिम्बूलाई नियन्त्रणमा लिएको छ ।


