झापा, १४ कात्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। अधिकांश प्रमुख मुद्राको मूल्यमा वृद्धि देखिएको छ, जसमा अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुबेती दिनार र बहराइन दिनार प्रमुख छन्।
आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा पुगेको छ। हिजोको तुलनामा खरिददर ८० पैसा र बिक्रीदर ८० पैसा बढेको हो। यसअघि असोज ८ गते अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्चतम दर हो।

युरोको खरिददर आज १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा छ। हिजोको तुलनामा दुवै दरमा वृद्धि भएको छ। पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा पुगेको छ।
त्यसैगरी, अस्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा छ। कुबेती दिनारको खरिददर ४६२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ०१ पैसा पुगेको छ। बहराइन दिनारको खरिददर ३७५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने हुँदा अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सुझाव दिइएको छ।

