
निशान निरौला
झापा, २१ कात्तिक । एचकेआर इन्टरटेन्मेन्टमार्फत नयाँ गीत “मैले गाउने गीतहरुमा” आज सार्वजनिक गरिएको छ । गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर रहेको छ।
गीतका शब्द मौसम परिवर्तन याकथुङ्बाले लेखेका हुन् भने संगीत दिपराजले भरेका छन् । भिडियोमा नवीन सुवेदी र दीक्षा भुजेलको दमदार अभिनय देख्न सकिन्छ । गीतको निर्देशन, छायांकन र सम्पादन हिकस राईले गरेका छन् । भावनात्मक शब्द, मन छुने स्वर र आकर्षक भिडियोका कारण यो गीतले दर्शक र श्रोताको मन जित्ने विश्वास लिइएको छ । यो गीत आजबाट एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
Facebook Comments Box

