झापा, ६ मंसीर । आज दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले मेचीपुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
मेचीनगर–१२ नयाँ बस्तीका २७ वर्षीय सुनिल विश्वकर्माले मलद्वारभित्र प्लास्टिकका ७ पोका लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७७० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका विश्वकर्मालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
Facebook Comments Box


