अर्जुनधारा, १० मंसीर । झापाको अर्जुनधारामा गएराति आगलागी हुँदा करिब ९ लाखको क्षति भएको छ ।
राति ११ः४५ बजे अर्जुनधारा–१० कालिझोडा बस्ने मच्छिन्द्र पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वाली घर र घरभित्र रहेका जिन्सी सामानहरू जल्दा करिब ९ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । नेपाल प्रहरी, स्थानीय, विर्तामोड र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति साँढे १ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


