झापा, १२ मंसीर । झुम्का कारागार सुनसरीबाट फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका झापा शिवसताक्षी नगरपालिका–११ शेर्माटोलका ४५ वर्षीय डम्बर बहादुर मगर (शम्भु मगर) लाई शुक्रबार दिउँसो करिब १२ः१० बजे नियन्त्रणमा लिइएको हो ।
कर्तव्य ज्यान कसुरमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका मगरलाई घरमै लुकिछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मगरलाई पुनः झुम्का कारागार सुनसरी पठाइने प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box


