
झापा, ३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ ।
केही दिनदेखि निरन्तर बढ्दै आएका यी मुद्राको मूल्य आज घटेको हो । आज अमेरिकी डलर १ को खरिदर १४४रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा छ ।
गएका केही दिनदेखि निरन्तर बढिरहेको अमेरिकी डलरको विनियमदरमा आज गिरावत आएको राष्ट्र बैंकले जनाएको छ । हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरी, आज युरो १ को खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिदर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा थियो । त्यसैगरी, आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७९पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।



