
झापा, ३ पुस । नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुल २,२६३ प्रतिनिधिमध्ये ३६ जनाले मतदानमा भाग लिन सकेनन् ।
निर्वाचन आयोगका अनुसार जम्मा २,२२७ मत खसेको छ । ३६ जना प्रतिनिधि विभिन्न कारणले मतदानमा सहभागी हुन नसकेको आयोगले जनाएको छ ।
मतदानमा अनुपस्थित हुनेमध्ये मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना उपाध्याय, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत रहेका छन् ।



