
झापा, ६ पुस । झापाको कमल गाउँपालिका–५ धनप्रसाद मार्गस्थित गेउरीय खोलाको किनारमा आज बिहान बेवारिसे अवस्थामा हतियार फेला परेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आज बिहान ६ः३० बजे उक्त स्थानमा खोजतलास गर्दा २३८१६९ नम्बरको ग्यासगन खिया लागेको बट र नालसहित जलेको अवस्थामा भेटिएको हो ।
प्रहरी अभिलेखअनुसार, सो हतियार २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले कार्यालयबाट लुटपाट गरी लगेको थियो ।बरामद गरिएको हतियारलाई रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


