झापा, १७ पुस । झापाको कनकाई नगरपालिका–९ स्थित मन्त्रीबारीमा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ११ः१५ बजे कनकाई–९ मन्त्रीबारीका रावण मर्कीको घरको आँगनमा उनका बहिनी ज्वाइँ करिब ४७ वर्षीय सुब्बा नगरकोटीको अचानक ढले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रारम्भिक रुपमा बुझ्दा मृतक र निजको श्रीमती बडकी नगरकोटी काठमाडौं कागेश्वरी मनोहर–४ मा बस्दै आएकोमा बसाइँसरी आई सामान अनलोड गर्ने क्रममा अचानक ढली घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक विगतदेखि नै छारेरोग सम्बन्धी बिरामी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



