झापा, १८ पुस । झापाको अर्जुनधारामा गत पुस ९ गते मोटरसाइकल दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।
दुर्घटना परी मोटरसाइकल चालक अर्जुनधारा–६ का ३० वर्षीय बुद्ध तामाङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आज मृत्यु भएको हो । अर्जुनधारा नगरपालिका–६ महानन्द चोकस्थित दास पुल नजिकै शनिश्चरे बिर्तामोड सडक खण्डमा शनिश्चरेबाट बिर्तामोड तर्फ आउँदै गरेको मे २ प २४६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई नालामा पस्दा दुर्घटना भएको थियो ।

दुर्घटना परी मोटरसाइकल चालक तामाङ र सोही मोटरसाइकलको पछाडि सवार अर्जुनधारा–४ का ४० वर्षीय मोहनराज कार्की गम्भीर घाइते भएका थिए । घाइते दुवै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल उपचार भइरहेकोमा तामाङको आज दिउँसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



