
झापा, २० पुस । झापाको कनकाई नगरपालिका–४ कनकाई पुलको पूर्वी भागमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको अरिदमन गण चारआलीको बम डिस्पोजर टोलीले डिस्पोज गरेको छ ।
हिन्दु राज्य, राजसंस्था स्थापना आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार लगायातको विभिन्न मागहरु राखेर सनातन सुरक्षा सेना नेपाल नाममा भूमिगत संस्थाले राखेको बम शनिबार बिहान नेपाली सेनाको अरिदमन गणले डिस्पोज गरेको हो ।
विहानैदेखि कनकाई माई पुलमा राखिएको बमका कारण स्थानीयवाशी त्रसित भएका थिए भने केहिवेर पुर्वपश्चिम सवारी साधन समेत आवगमन बन्द गरिएको थियो । झापाको कनकाई नगरपालिका–४ कोटीहवन क्षेत्रमा कालो ब्यागभित्र प्रेसर कुकरभित्र तार जोडिएको र उक्त ब्यागमा सनातन सुरक्षा सेना नेपालको ५ थान घोषणापत्र समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रनानि खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।


