
झापा, २२ पुस । झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधि, ब्राउनसुगर र गाँजासहित ७ जना पक्राउ परेका छन् ।
झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते चेकजाँचको क्रममा दमक–१ का सुरज कुमाल, कृष्णबहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ–३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउनसुगरसहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाटको प्रहरी टोलीले विराटनगर महानगरपालिका(–१५ स्थितबाट धरान उपमहानगरपालिका–५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी–६ का सुनिल चौधरी र सुजन राईलाई प्रतिबन्धित औषधी ६२० क्याप्सुल र ५७० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी भोजपुरको अस्थायी प्रहरी पोष्ट दुम्मानाले आमचोक–८ हतुवाली स्थितबाट बेवारिसे अवस्थामा ८ किलोग्राम गाँजा फेला पारेको छ ।


