
झापा, २३ पुस । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित शनिश्चरे–खुदुनावारी सडक खण्डको विरिङ खोला पुल निर्माण हुने भएको छ ।
अर्जुनधारा–७ स्थित बिरिङ खोलाको पुल निर्माणका लागि ३५ करोड रुपैयाँ स्वीकृत भएको छ । अर्जुनधारा–४ र १ सँग जोड्ने शनिश्चरे–खुदुनावारी सडकको विरिङ खोलामा पुल भत्किएपछि नयाँ पुल निर्माण गर्न रकम स्वीकृत भएको हो ।
ठेक्का प्रकृया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उक्त भत्किएपछि चासो राख्दै आएका थिए भने अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको पहलमा उक्त रकम स्वीकृत भएको हो ।
Facebook Comments Box

