
भदपुर, २० माघ । झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर बिमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउनसुगरसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १९ गते साँझ बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई छिपाई राखेको १४४ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको बुढाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box

