
झापा, २४ माघ । झापाको शिवसताक्षी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर शुक्रबार एनसेलका एक कर्मचारीको मृत्यु भएको छ ।
माटोको ढिस्कोले पुरिएर सिराहाको लहान बस्ने ३५ वर्षीय रमेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
शिवसताक्षी–११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलको फाइबर जडान गर्न बनाएको खाल्डोमा पसेर काम गरिरहेका बेला यादवलाई माटोको ढिस्को खसेर पुरेको हो । घाइते यादवलाई स्थानीयको सहयोगमा दमकस्थित दमक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box


