
बिर्तामोड, २४ माघ । झापा गोल्डकपको सातौँ संस्करण आजदेखि शुरु हुने भएको छ । आजदेखि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाली पुलिस क्लबबीच प्रतिस्पर्धा गर्दैछन् ।
गोल्डकपको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्नुहुनेछ । आकर्षक खेल मैदान, करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न मिल्ने गरी कार्पेट ओछ्याइएको छ ।

झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौं संस्करण हुन गइरहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

