
झापा, ३ फागुन । झापाको बुद्धशान्ति गाउँपालिका–५ गढिगाँउस्थित भित्री सडक खण्डमा गोलिया बोकेको ना ६ ख ७९५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा चार जना घाइते भएका छन् ।
शनिबार दिउँसो ३ बजे ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको ट्रक पल्टिँदा चालकसहित लोड–अनलोडमा संलग्न कामदारहरू घाइते भएका हुन् । दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको छ भने घाइतेहरूलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यी हुन् घाइते, यस्तो छ अवस्था
अनु कुमार चौधरी (४० वर्ष, अर्जुनधारा–१०) — छाती र टाउकोमा चोट, अवस्था मध्यम ।
मुकेश मगर (२८ वर्ष, अर्जुनधारा–३) — दाहिने हात र खुट्टामा चोट, अवस्था मध्यम ।
अमिर तामाङ (३० वर्ष, अर्जुनधारा–३) — टाउको, देब्रे खुट्टा र नाकमा चोट, बोल्न नसक्ने अवस्था, गम्भीर ।
राकेश तामाङ (२२ वर्ष, अर्जुनधारा–३) — देब्रे खुट्टा र चिउडोमा चोट, बोल्न नसक्ने अवस्था, गम्भीर ।

