
दमक, ६ फागुन । झापाको दमक–३ कोपिला टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी आफैँ अनियन्त्री भएर दुर्घना हुँदा सिटीमा सवार चार जना घाइते भएका छन् ।
कोपिला टोलबाट ताराबारीतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७८२१ नम्बरको सिटी सफारी मंगलबार साँझ ७ः४५ बजे दुर्घना भएको थियो । दुर्घटनामा सिटीमा सिटी चालक दमक–३ का ५५ वर्षीय शान्तबहादुर पौडेल, सिटीमा सवार सोही स्थानकी ३२ वर्षीया अनिता भण्डारी, ३३ वर्षीया कविता भण्डारी उनकै छोरा १७ महिनाको अवियान भण्डारीलाई (केही नभएको) र १९ बर्षीया अस्मिता लुइँटेलले सामान्य घाइते भएका थिए ।

घाइतेहरुलाई दमक अस्पताल दमकमा उपचारका लागि लगेको र सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

