
झापा, ७ फागुन । झापामा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकी छन् ।
बाह्रदशी गाउँपालिका–१ बोक्राझारीकी ५० वर्षीया लीला राजवंशी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो निर्माणाधीन पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बा तिरबाट आएको हात्तीले बिहान ५ः४५ बजेतिर उनलाई आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएकी उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल भर्ना गरिएकी उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजवंशीलाई आक्रमण गरेर हात्ती जंगलतर्फ नै लागेको थियो ।
Facebook Comments Box

