
झापा, ८ फागुन । झापाको कचनकवल गाउँपालिकामा किराना पसलको सटर फुटाएर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । कचनकवल–७ बालुबाडीस्थित बुधकरण राजवंशीको किराना पसलमा सटर फुटाएर नगद र विभिन्न सामग्री चोरी गर्ने उनीहरु पक्राउ परेका हुन् ।
गत माघ १४ गते भएको चोरीको विषयमा अनुसन्धान गर्ने क्रममा बिहीबार साँझ भद्रपुर–१ दशरथपुरका २२ वर्षीय भगिराज विश्वकर्मा र सोही स्थानकी १८ वर्षीय निर्मल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले किराना पसलको सटरको ताल्चा फोडेर नगद १० हजार, एनसेलको रिचार्ज कार्ड तीन हजार र किराना सामानहरू अन्दाजी पाँच हजार गरी करिब १८ हजार रुपैयाँ बराबरको चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बनियानीमा ल्याएर राखिएको जनाइएको छ ।

