
एजेन्सी, १२ फागुन । अमेरिकाको भर्जिनिया फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका दुई सदस्यको हत्यामा संलग्न एक नेपालीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।
मान्टुआ नजिकैको अपार्टमेन्टभित्र श्रीमती र छोरीको हत्या गरेका छत्रबहादुर थापालाई फेयरफ्याक्स काउन्टीका प्रहरीले गोली हानेका हुन् । ५० वर्षीय थापाले श्रीमती ५१ वर्षीय बिन्दा र छोरी ३१ वर्षीय ममताको हत्या गरेका नेपयोर्क डट कमले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार घटनास्थल पुग्दा थापाले ३५ वर्षीय ज्वाइँ सन्तोषकुमारलाई आक्रमण गर्दै थिए । उनीसँग भएको हतियार बुझाउन पटक–पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका र थापाको ज्यान गएको खबरमा उल्लेख छ ।
अपार्टमेन्टभित्र एक बच्चा पनि रहेको तर उनी शकुशल अवस्थामा भेटिएका छन् । उनलाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिने जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

