
झापा, २९ फागुन । झापाको हल्दिबारी गाउँपालिका–२ पाराखोपीमा हावाहुरीसहितको वर्षाले ढलेको आँपको रूखले किच्दा एक किशोरीको मृत्यु भएको छ ।
प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशी गएराति करिब ९ बजे आफ्नै घरमा सुतेको अवस्थामा रूखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हल्दिबारीबाट टोली खटिएको थियो ।
Facebook Comments Box


