
झापा, ४ चैत । झापाको भद्रपुर नगरपालिका–६ बंगाली टोल निवासी ४५ वर्षीया इना मण्डल ४ वर्षदेखि क्यान्सर रोगबाट थलिएकी छिन् ।
परिवारको नाजुक आर्थिक अवस्थाका कारण उनको उपचारमा मात्र नभएर दैनिक घरव्यवहारको गर्जो टार्न पनि मुश्किल हालत छ । ठूलो आर्थिक समस्याबाट गुज्रिरहेकी क्यान्सरपीडित इनाका पति महादेव मण्डल र एक छोरा दैनिक ज्यालामजदूरी गरेर जेनतेन परिवार धानिरहेका छन् । एक छोरी कक्षा–११ मा अध्ययनरत छिन् ।
यस्तो दयनीय अवस्थाबाट गुज्रिरहेकी असाध्य रोगबाट पीडित इनाले उदारमना सहयोगदाताहरूसँग सहयोगका निम्ति हात फैलाएकी छिन् । उनको उपचारका लागि सहयोग गर्न चाहनु हुने महानुभावहरूले इना को यो क्यूआर कोड मार्फत यथासम्भव आर्थिक सहयोग प्रदान गरिदिन हुन हाम्रो अनुरोध छ ।
Facebook Comments Box


