
झापा, ८ चैत । झापाको गौरीगञ्ज गाउँपालिका–६ नम्बर वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले वडाका सदस्य ३२ वर्षीय नितेश कुमार साहलाई पक्राउ गरेको हो । गत चैत ६ गते उनले मादक पदार्थ सेवन गरी वडाध्यक्ष बद्री नारायण यादवसहित कार्यालयमा कार्यरत कर्मचारीलाई गाली–बेइज्जत गर्दै धाकधम्की दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ ।
पीडित पक्षले चैत ७ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएपछि साहलाई प्रहरीले पक्राउ गरेको हो । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद लिइएको छ । हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


