
कनकाई, २ जेठ । झापाको कनकाई नगरपालिका–५ चाप्रामारी क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक छत्र श्रेष्ठको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गरेको थियो ।
जाँचका क्रममा कमल गाउँपालिका–५ निवासी २६ वर्षीय जित बहादुर लिम्बु (काले) र दमक नगरपालिका–६ निवासी २० वर्षीय प्रदीप रसायलीको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद पदार्थको तौल प्लास्टिकसहित १५ ग्राम २१० मिलिग्राम तथा प्लास्टिक बाहेक ११ ग्राम ९७० मिलिग्राम रहेको बताइएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



