
नेपालगञ्ज, २ जेठ । नेपालगञ्ज उपमहानगरपालिका ले नेपाल पत्रकार महासङ्घ सँगको सहकार्यमा १५ लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।
जिल्लाका पत्रकारहरूका लागि आयोजित एआई सम्बन्धी चार दिने अभिमुखीकरण तालिम उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त विष्टले चालु आर्थिक वर्षमै अक्षय कोष स्थापना गरिने र हरेक वर्ष पाँच लाख रुपैयाँ थप्दै लगिने जानकारी दिनुभयो ।
महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताउनुभयो ।
तालिममा बाँकेका ४० जना पत्रकारको सहभागिता रहेको छ भने जीवन भण्डारी र उमङ्ग निरौलाले सहजीकरण गर्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



