
झापा, १७ जेठ । झापाको कनकाई नगरपालिका–५ चप्रामारी क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा रहेको अवैध माछा बरामद गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक रवि राईको कमाण्डमा खटिएको टोलीले आइतबार बिहान करिब १०ः३० बजे विभिन्न जातका करिब १४० केजी माछा फेला पारेको थियो ।
प्रहरीका अनुसार बरामद माछाको अनुमानित मूल्य ५६ हजार रुपैयाँ बराबर रहेको छ । बेवारिसे अवस्थामा फेला परेको उक्त माछा इलाका प्रहरी कार्यालय सुरुङ्गामा ल्याइएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कनकाई नगरपालिका–३ स्थित एक खाली जग्गामा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


