
जनकपुरधाम, २३ भदौ । सिरहामा लागूऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कार्यालयबाट खटिएको स्वीप अप्रेसन टोलीले सोमबार सिरहा २ स्थित छोट्की टोलमा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बर को मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूलाई लागु औषध सहित नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरूको साथबाट १६ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय कमलेश कुमार साफी र र सोही स्थानकै मोटरसाइकल चालक ३२ वर्षीय सन्तोष यादव रहेका छन् ।
जिल्लाका प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार पक्राउ परेका दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासत कक्षमा राखिएको छ ।


