विराटनगर, १३ असोज। मोरङको विराटनगर महानगरपालिका–६ स्थितबाट १ बुङ्ग तास र नगद ४८ हजार ३९५ रुपैयाँ सहित तास खेल्ने ८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १३ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–६ सरौचिया स्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका राजेश कामत, गंगाराम मण्डल, विष्णु कामत, विराटनगर–४ का सत्य नारायण राजवंशी, तोरण यादव, विराटनगर–८ का चन्दन मुखिया, विराटनगर–१४ का बलराम कोईराला र धनपालथान –६ का साजन राजवंशीलाई पक्राउ गरेको छ ।

ताससहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।
Facebook Comments Box



