
झापा, १४ असोज । अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विपद्का घटनामा सबैभन्दा बढी बागलुङमा १२ जनाको मृत्यु भएको छ। यस्तै, म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ ।
धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एकरएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्का विभिन्न घटनामा १५ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानका घटना भइरहेकाले स्थानीय प्रशासन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Facebook Comments Box


