
झापा, १४ असोज । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारणसहितको लिखित जवाफ पेश गर्न प्रहरीलाई आदेश दिएको छ।
प्रसाईंका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
इजलासले प्रसाईंलाई पक्राउ गर्नुको आधार, उनलाई थुनामा राख्नुपर्ने कारण तथा त्यससम्बन्धी कानुनी व्यवस्थासहितको जवाफ पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ।
बन्दी प्रत्यक्षीकरण रिट कुनै व्यक्तिलाई कानुनविपरीत थुनामा राखिएको दाबी गर्दै अदालतसमक्ष दायर गरिने रिट हो। यसमा अदालतले सम्बन्धित निकायसँग थुनामा राख्नुको कानुनी आधारबारे जवाफ माग्न सक्छ।
Facebook Comments Box


