
बिर्तामोड, १५ असोज । जीवनलाई तीन शब्दमा व्याख्या गर्नुपर्दा उहाँ भन्नुहुन्छ—“संघर्ष, समर्पण र सम्भावना।” यही तीन शब्दलाई जीवनको मूल आधार बनाएर निरन्तर आफ्नो कर्ममा सक्रिय रहँदै आउनु भएकी बिर्तामोड नगरपालिका वडा नं–३ निवासी ध्रुव कुमारी गुरुङ अहिले ‘मिसेस पूर्वेली आइकन–सिजन ३’को यात्रामा हुनुहुन्छ ।
पेशाले बैंकर उहाँ हाल नेशनल लघुवित्त वित्तीय संस्था मोरङ्ग जिल्लाको वेलबारी नगरपालिकास्थित बाउनी शाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । बैंकिङ क्षेत्रको जिम्मेवारीसँगै उहाँ वित्तीय साक्षरता अभियानमा समेत अग्रसर हुनुहुन्छ । आम नागरिकलाई बचत, ऋण, लगानी, आर्थिक अनुशासन तथा वित्तीय व्यवस्थापनका विषयमा सचेत बनाउने अभियानलाई उहाँले आफ्नो पेशागत जिम्मेवारीकै एउटा महत्वपूर्ण पक्षका रूपमा लिँदै आउनु भएको छ ।
उहाँको जीवनको पहिचान कुनै पद, उपाधि वा प्राप्त उपलब्धिले मात्र निर्धारण गर्दैन। “जीवनको पहिचान भनेको कुनै पद वा उपाधि प्राप्त गर्नु मात्र होइन, आफ्नो चरित्र र जिम्मेवारीप्रतिको इमानदारीता हो” भन्ने मान्यतालाई उहाँले आफ्नो जीवनको मूल मन्त्र बनाउनु भएको छ । आफूले पाएको जिम्मेवारीप्रति इमानदार रहँदै निरन्तर कर्ममा सक्रिय रहनु नै उहाँको जीवनको विशेषता बनेको छ ।

जीवनको यात्रामा आएका चुनौतीलाई उहाँले कमजोरीका रूपमा होइन, आफूलाई अझ बलियो बनाउने अवसरका रूपमा लिनु हुन्छ । संघर्षबाट सिक्दै, समर्पणका साथ अघि बढ्दै र आफूभित्रका सम्भावनालाई पहिचान गर्दै उहाँले आफ्नो पेशागत तथा व्यक्तिगत यात्रालाई निरन्तरता दिइरहनु भएको छ। यही यात्राले उहाँलाई आजको जिम्मेवार बैंकरका रूपमा स्थापित गर्नुका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्तित्वका रूपमा अघि ल्याएको छ ।
यही निरन्तर यात्राको अर्को महत्वपूर्ण अध्याय बनेको —‘मिसेस पूर्वेली आइकन–सिजन ३’, १९ जना प्रतिस्पर्धीसहित आगामी असोज १९ गते ग्रान्ड फिनाले हुँदैछ । जीवनका विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएका उहाँ लाई यो प्रतियोगिता केवल सौन्दर्यको प्रतिस्पर्धा मात्र नभई आफ्नो व्यक्तित्व, आत्मविश्वास, क्षमता र सम्भावनालाई थप फराकिलो मञ्चमा प्रस्तुत गर्ने अवसर पनि बनेको छ ।
पेशागत जीवनमा जिम्मेवारीपूर्वक अघि बढ्दै व्यक्तिगत विकास र सामाजिक चेतनालाई पनि सँगसँगै लैजान सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उहाँको प्रयास छ। उहाँको सहभागिताले महिलाको आत्मविश्वास, क्षमता र सक्रिय भूमिकालाई समेत प्रतिनिधित्व गर्छ । संघर्षलाई शक्ति, समर्पणलाई कर्म र सम्भावनालाई भविष्यको आधार बनाएर अघि बढिरहनु भएका उहाँको ‘मिसेस पूर्वेली आइकन’ यात्रा अब निर्णायक चरणमा पुगेको छ ।
उहाँको यात्रामा भोट केवल एउटा अंक थप्ने प्रक्रिया मात्र होइन, संघर्ष, समर्पण र सम्भावनाको यात्रामा साथ र हौसला दिने माध्यम पनि हो। त्यसैले उहाँ आफ्ना शुभेच्छुकहरूलाई आफ्नो प्रतिस्पर्धी नम्बर १८ सम्झेर भोट गर्न आग्रह गर्नु हुँदै आफ्नो यात्रामा साथ, समर्थन र शुभकामनाको अपेक्षा गर्नु भएको छ ।
‘मिसेस पूर्वेली आइकन–सिजन ३’ मा प्रतिस्पर्धी नम्बर १८ उहाँलाई भोट गरी ग्रान्ड फिनालेको यात्रामा साथ दिन सबै शुभेच्छुक, आफन्त, साथीभाइ तथा देश–विदेशमा रहेका नेपालीहरूमा अपिल गर्नु भएको छ ।
उहाँलाई अनलाइन मार्फत भोट गर्न MY PAY EVENTS मा गई ‘Voting’ ट्याबबाट ‘Mrs Purbeli Icon Season-3’ छनोट गरी ‘Dhruba Kumari Gurung’ का नाममा भोट गर्न सकिने छ । भोटिङ २०२६ अक्टोबर ५ अर्थात् अशोज १९ गते साँझ ६ बजेसम्म खुला रहनेछ ।


