
झापा, १५ असोज । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कचनकवल गाउँपालिका–३ का ३५ वर्षीय लोकेशकुमार माझीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि प्रहरी चौकी पथरियाबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेका माझीमाथि घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासँग सम्बन्धित थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ ।
Facebook Comments Box


