झापा, २१ असोज। झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषधसहित ११ जनालाई पक्राउ गरिएको छ।
असोज २० गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका–१० का अभिषेक चौधरीलाई ५ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित, मोरङको लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले केराबारी नगरपालिका–९ का नविन राई र केराबारी–१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका–५ का रोहित श्रेष्ठलाई २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप–महानगरपालिका–१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगर सहित र प्रदेशीक अनुसन्धान समुह, विराटनगरले धरान– ४ का अर्जुन श्रेष्ठ, धरान–७ का दिपक मगर र धरान–१५ का बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्रयाब्लेट सहित र उदयपुरको इलाका प्रहरी कार्यालय ठोक्सिल्लाले बेलका नगरपालिका–४ का सबिन राईलाई ट्रामाडो–९०० क्याप्सुलसहित पक्राउ गरेको छ ।
भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारले आमचोक नगरपालिका ७का १९ वर्षिय एकराज मगरलाई २ सय ४४ किलो ७७० ग्राम गाँजा सहित पक्राउ गरेको छ।



