झापा, १० मंसीर । चन्द्रा भण्डारीको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार दुधे रंगशालामा भएको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको ५१औँ मिनेटमा बिमला चौधरीको प्रहार गोलकिपरबाट रिबाउन्ड भएपछि चन्द्राले गोल गरेकी थिइन् । खेलको प्लेयर अफ द म्याच आर्मीकी बिमला विक घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
अब उपाधिका लागि आर्मीले शनिबार एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
Facebook Comments Box

