
गौरादह, १५ जेठ । गौरादहमा गत जेष्ठ १३ गतेबाट सञ्चालन भएको प्रदेश स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिताको आज समापन भएको छ ।
बुधवार भएको फाइनल खेलमा सूर्य श्रेष्ठ र विसाल तामाङको टोलीले उपाधी हात पारेको छ । अतिथि सदन भवनको कर्वड हलमा सम्पन्न फाइनल खेलमा सूर्य श्रेष्ठ र बिसाल तामाङ धरानको टोलीले प्रकाश राई र रविन साउदेनको टोलीलाई २१–१६, २१–१९ को सोझो सेटमा पराजित गरेको हो ।
जित सँगै विजेता टोलीले नगद ४१ हजार र उपविजेताले ३१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा सुदेन राई, नविन राई र सविन खनाल, पूर्ण बुढाको टोली सफल भएको थियो । जित सँगै तेस्रो हुने टोलीले १५ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
विजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पुरस्कार वितरण गर्नुभएको छ । नगर खेलकुद विकास समितिका संयोजक हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन गोपाल कोइरालाले गरेको थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

