
बिर्तामोड, २१ जेठ । रमपम प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
रममप रेड स्टार फुटबल क्लब झापाको आयोजनामा जेठ २१ गतेदेखि सरु हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिराटनगर एफसी, मोरङ र जलथल एफसी, हल्दिबारी भिड्ने छन् ।
रमपम तयारी चाउचाउको मुख्य प्रायोजन र बिर्तामोड नगरालिकाको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार १११ रुपैया हात पार्नेछ भने उपविजेताले ७५ हजार १११ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने जेठ २८ गते हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

