
भारत, २७ मङ्सिर (एजेन्सी) । पछिल्लो समय प्याजको मूल्य आकाशिएसँगै यससंग सम्बन्धित रोचक किस्साहरुले संचारमाध्ययममा खुब चर्चा कमाएका छन् । यस पटक भने प्याजसँग सम्बन्धित अलिक दुखद खबर रहेको छ ।
नेपालमा भन्दा भारतमा प्रत्येकको भान्सामा प्याज अनिवार्य मसला हुने गर्दछ । उत्पादनमा कमि आएपछि प्याजको मूल्य आकाशिनुका साथै सर्वसुलभ रुपमा पाउनै छोडेको छ । यहि प्याज किन्नलाई लाइनमा पालो कुरेर बसिरहेको अवस्थामा एक ग्राहकको मृत्यु भएको खबर हाल संचारमाध्ययममा आइरहेका छन् ।
भारतीय दैनिक अमर उजालाका अनुसार आन्ध्र प्रदेशको कृष्णा जिल्लामा ५५ वर्षका ती उपभोक्ताको हृदयघातका कारण मृत्यु भएको हो । संबैया नामका ती उपभोक्ता जिल्लाको गुडीवाला इलाकामा राज्य सरकारद्वारा सस्तो मूल्यमा बेचिएको प्याज किन्न लाइनमा उभिएका थिए । त्यही समयमा उनलाई हृ दया घा त भयो । संवैयालाई तत्काल अस्पताल लगिएकोमा अस्पतालमा उनलाई मृ त घो षित गरिएको हो ।
विपक्षी दल तेलुगु देशम परिषदले यो विषयलाई राज्यको संसदमा उठाउन चाहेको थियो तर यसको अनुमति दिइएन । अनुमति नदिइएपछि तेदेपका अध्यक्ष एन चन्द्रबाबु नायडुले मिडियासँग सरकार यस विषयमा बयान दिनबाट किन बचिरहेको छ भनेर प्रश्न गरेका थिए ।
यो राज्यमा प्याजको मूल्य ११० देखि १६० रुपैयाँ प्रतिकिलो छ । र यहाँ राज्य सरकारले २५ रुपैयाँ किलोको मूल्यमा प्याज बेचिरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

