
झापा, २८ मंसिर । इमानको कमाइ नगर्ने तर घुसको भारी बोकेर अदालत जाने प्रवृत्ति सरकारी कर्मचारीको लर्को लाग्दै गएको र त्यसमा पनि नायब सुब्बा स्तरका कर्मचारीको सहभागिता बढी पाइएको छ ।
सरकारले तोकेको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २०० हुन्छ । अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर धेरै पनि बचत निकाल्नु आमसुब्बाका लागि सपना मात्र हुन सक्छ । तर, हजारमा तलब बुझ्ने केही सुब्बा करोडौँका मालिक भएका छन् ।
काठमाडौँलगायत सहरमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौं लगानी, बैंकमा अथाह बचत उनीहरुको आर्थिक धरातल हो । भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरु अख्तियारको चल्तीको भाषामा ‘सानो माछा’ हुन् ।
भ्रष्टाचार र घुस प्रकरण रंगेहात पक्राउ पर्ने निजामती कर्मचारीमा नायब सुब्बा नै बढी छन् । आर्थिक वर्ष २०७५र७६ मा रंगेहात पक्राउ परेका १६१ कर्मचारीमध्ये ४७ जना सुब्बा छन् । ३२ शाखा अधिकृत, २९ खरिदार, २४ कार्यालय सहयोगी, १५ जुनियर कर्मचारी, १० उपसचिव, दुई सहसचिव र दुई सचिव छन् ।
निजामती सेवामा नासु तल्लो पद हो । तर, सेवा प्रवाहमा नासुको जिम्मेवारी अग्रपंक्तिमा रहन्छ । सरुवा भइरहने उपल्लो तहका हाकिमले हत्तपत्त सरुवा नहुने नासुसँग कामको सहजताका लागि पनि विश्वासमा लिन चाहन्छन् । आमसेवाग्राही र हाकिमबीच सम्पर्क सेतुको भूमिकामा पनि नासु नै हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

