
धनुषा, २८ मंसिर । धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् ।
जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको ब म वि स्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही वि स्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वि स्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, छोरी २२ वर्षीया निक्कीकुमारी र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन् । त्यस्तै प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।
शुक्रबार राति १२ बजे राजेशको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा ब म झुन्ड्याइएको थियो । राजेशकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमान्लाई उठाएर प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला ब म हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा ब म विस्फोट भएको त्यहाँ पुगेका एक प्रहरीले बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार ब म कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान उहाँले थालेको बताउनुभयो । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

