
सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ स्थित ६ किलो मोडमा बस दु र्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दु र्घटना परेको थियो ।
दु र्घटनामा १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएको र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्किदै दु र्घटनामा परेको प्रहरीले जनाएको छ । कालिञ्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

