
धादिङ, २९ मङ्सिर । श्रीमतीको ह त्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते ह त्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो ।
मृतक तामाङको श व शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।
मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ । घटनाको थप अनुसन्धान गरिने उहाँले वताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

