
खोटाङ, १ पुस । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार बस्ने मनिकलाल प्रधानको घरमा बिधुत सर्टभई अचानक आगलागीबाट हुँदा ठुलो धनमालको क्षती भएको छ ।
आज बिहानको राती साढे १ बजेको समयमा बिधुत सर्ट भई अचानक आगलागी हुँदा मनिकलाल प्रधानको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षती भएको छ ।
साथै सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयलको पुस्तक पसलमा रहेको स्टेशनरीका सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई मोबाईल पसल गर्नेसोही गाउँपालिका–६ कात्तिके बस्ने रमेश राईको मोबाईल पसलमा भएको १८ लाख बराबरको सम्पुर्ण सामानहरु जलेर नष्ट हुँदा ६३ लाख बराबरको क्षती भएको छ ।
घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासीहरुको सहयोगमा बिहान ३ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

