
पाँचथर, १ पुस । पाँचथरमा छुट्टाछुट्टै स्थानमा दुई मानव कङ्काल फेला परेका छन् । प्रहरीका अनुसार दुवै मावन क ङ्काल पुरुषका भएको पाइएको छ । फेला परेका क ङ्कालमध्ये एउटाको पहिचान खुलेको छ भने एउटाको खुल्न बाँकी छ ।
प्रहरीका अनुसार जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको खोल्सीमा गत आइतबार स्थानीयवासीले मानव क ङ्काल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानबाट उक्त क ङ्काल फिदिम नगरपालिका वडा नं ८ का ५२ वर्षीय हर्कबहादुर सुनुवारको रहेको पुष्टि भएको छ । सुनुवार गत असार तेस्रो सातादेखि बेपत्ता रहेका परिवारजनले प्रहरीलाई बताएका छन् ।
यस्तै आइतबार नै फिदिम नगरपालिका वडा नं १४ लुङरुपामा अर्को मानव क ङ्काल फेला परेको छ । उक्त मानव क ङ्काल पुरुष व्यक्तिको रहेको कपडा तथा कङ्कालसँगै रहेका अन्य सामग्रीका आधारमा पहिचान भए पनि कसको हो भन्ने पत्ता लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिनुभयो । उक्त मानव क ङ्काल झण्डै छ महिनाअघिबाट स डेको अनुमान गरिएको प्रहरी निरीक्षक अर्यालले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

