
बेइजिङ, १ पुस । चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको वि स्फोटनमा परी १४ जनाको मृत्यु भएको छ ।
खानीमा रहेको ग्यास वि स्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन् ।
मङ्गलबार बिहानको समयमा भएको यस वि स्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन् । घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी भित्रै च्यापिएको भोलीपल्ट यो घटना भएको हो ।
बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए । चीनमा यस्ता वि स्फोटनका घटना निरन्तर हुदै आएका छन् । पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले वि स्फोटनका घटना हुने र मानिसहरुको मृत्यु हुनेगरेकोे छ ।
गत महिना सान्छीमा रहेको खानीमा भएको वि स्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

