
काठमाडौं, १ पुस । बलात्कारको आरोप लागेपछि सैनिक अवासीय महाविद्यालय सल्लाघारी भक्तपुरका प्रिन्सिपल सुरेन्द्र पनेरुलाई जिम्मेवारी मुक्त गरिएको छ ।
आफ्नै बिद्यालयका एक छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पनेरुलाई जिम्मेवारीबाट हटाइएको हो । उनलाई एक साताअघि नै बर्खास्त गरिएको भए पनि नेपाली सेनाले उक्त कुरालाई गोप्य राखेको थियो ।
सैनिक स्रोतका अनुसार १३ मंसिरमा विद्यालयको मुखपत्र ‘सल्लाघारी’ का लागि फोटो खिच्ने क्रममा पनेरुले एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समितिले समेत घटनाबारे छानबिनको माग गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

