
पाँचथर, ३ पुस । पाँचथरको फिदिम नगरपालिका–७, रानीटारमा सञ्चालन हुने फिदिम नगरकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउँदो पुस १० गतेदेखि हुने भएको छ ।
स्थानीय बराजु खेलमैदानमा हुने प्रतियोगिता पुुस १० गतेदेखि सुरु भई १५ गते सम्म सञ्चालन हुने आयोजक स्वतन्त्र क्लबले जनाएको छ । प्रतियोगितामा आयोजक स्वतन्त्र क्लव रानीटारसँगै फिदिम स्पोर्टिङ क्लब पाँचथर, भैरवीदल गण पाँचथर, मितेरी क्लब आठराई तेह्रथुम, डिफेन्डिङ च्यान्पियन रेडस्टार क्लब झापा, रेडहर्ष क्लब इलाम, योङ व्वाइज क्लव इलाम र शैनिक युथ क्लब झापाले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।
खेललाई पर्यटनसँग जोड्ने हाम्रो अभियान भन्ने नाराका साथ सञ्चालन हुन गइरहेको प्रतियोगिताको विजेताले उपाधिसँगै नगद १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो हुने टिमले ट्रफीसँगै नगद ५५ हजार ५ सय रुपैयाँ पाउनेछ ।
यस्तै, विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र मिडफिल्डले जनही २–२ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्यानलाई नगद १५ सय रुपैयाँ प्रदान गरिने आयोजक संस्थाकी पबित्रा गुरुङले जानकारि दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न ८ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

