
काठमाडौँ, ४ पुस । सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट, बीओपी) थप गर्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ । नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सीमानामा चार पोस्ट बढाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

